पोखराको पृथ्वीचोकमा ताजा फलफुलका लागि खुल्यो फलरस
पाेखरा | बैशाख १, २०८०
पोखरा: स्वच्छ, ताजा फलफुलका लागि पोखराको पृथ्वीचोकमा फलरस पसल खुलेको छ ।
मौसमी तथा वेमौसमी फलफुल र यसबाट बनाइने विभिन्न जुसहरुको सुविधा सहित पोखराको पृथ्वीचोक स्थित पोखरा मलमा फलरस पसल खुलेको हो । पसलको शुक्रबार पोखरा महानगरपालीका वडानम्बर ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानी र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसिले सयुक्त रुपमा उद्घाटन गरेका छन् ।
नेपाल फलफुल थोक व्यवसायी संघ काठमाडौँका अध्यक्ष समेत रहेका फलफुल व्यवसायी अमर बाँनिया सहित पोखराका दिल बहादुर थापा र कमल बहादुर थापाले करिब ४० लाखको लगानीमा फलरस पसल संचालनमा ल्याएका हुन् । काठमाडौँमा फलफुलको होलसेल पसल सञ्चालन गर्दै आएका बाँनियाले पोखराको लामाचौरमा पहिलो पटक फलरस पसल खोलेका थिए ।
लामाचौरमा ग्राहक बढेपछि फलफुलको माग अनुसार दोस्रो शाखाको रुपमा पृथ्वीचोकमा खोलेको उनले बताए । बच्चा देखि बिरामी सम्मले खाने फलफुल हाइजेनिक, स्वच्छ, सफा हुनुपर्ने जिकिर गर्दै त्यस मापदण्डलाई पुरा गरि पसल खोलिएको उनको दावी छ । उनका अनुसार आधुनिक मेसिनहरु प्रयोग गरि बनाइएका विभिन्न फलफुलको जुस, लस्सी समेत पसलमै उपलब्ध हुने छ । गर्मीयाममा मौसमी मेवा, आँप र उखुँ जुसको माग बढि हुने गरेको छ ।
फलफुलमा प्रशस्त्र मात्रमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन लगायतका पौष्टिक तत्व पाइने भएकाले मानव शरीरका लागि एकदमै आवश्यक रहेकोे चिकित्सकहरु बताउँछन । फलफुलले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले गर्मीमा फलफुल खानु निकै लाभदायक मानिन्छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

